गृहपृष्ठ बाल अधिकार परिषद्का अध्यक्ष बम बानियाँले पदबाट राजीनामा
बाल अधिकार परिषद्का अध्यक्ष बम बानियाँले पदबाट राजीनामा
राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष बम बानियाँले पदबाट राजीनामा दिएका छन्। सोमबार बानियाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसमक्ष राजीनामा बुझाएका हुन्। सरकारले गरेको आह्वान अनुसार नै मार्ग प्रशस्त गर्न राजीनामा दिएका उनले उल्लेख गरेका छन्।
‘विभिन्न निकायमा रहेका राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको वक्तव्यलाई उच्च सम्मान गर्दै वर्तमान सरकारको गतिलाई मार्ग प्रशस्त गर्न मेरो राजीनामा हो,’ उनले भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा बोल्दै यसअघिको सरकारले गरेको राजनीतिक नियुक्तिमा रहेका पदाधिकारीलाई राजीनामा गरेर सहयोग गर्न आग्रह गरेका थिए। त्यसै आधारमा आफूले परिसद् अध्यक्षबाट राजीनामा दिएको बानियाँले जनाएका छन्।
प्रकाशित समय : १९:०४ बजे




















