global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम सुस्त

रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम सुस्त

रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम सुस्त

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारातालमा निर्माण भइरहेको गौरवको आयोजना ‘रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजना’ निर्माणको काम सुस्त देखिएको छ ।

म्याद सकिन दुई महिना बाँकी रहँदा कम्पनीलाई १२ करोड रकम भुक्तानी भएको र निर्माणको काम ४२ प्रतिशत मात्र भएको छ ।
निर्माणको जिम्मा लिएको कम्पनीले तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार अन्तर्गत साइकल लेन, पर्यटकीय पदमार्ग निर्माणको काम पछिल्लो ६ महिनादेखि अलपत्र छ ।

उक्त आयोजनाका लागि संघीय सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८।०७९ मा ४६ करोड ४२ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको हो ।

आयोजनाको वित्तिय र भौतिक प्रगति ४२ प्रतिशत भएको र १२ करोड पेस्की भुक्तानी भएको र इपीजीको म्याद सकिएको छ । रारा ताल वरिपरि १४ किलो मिटर पर्यटकीय पूर्वाधार निर्माण साइकल लेन, पर्यटन पदमार्ग निमार्ण गर्नुपर्ने भएपनि ०७९ असार २४ गतेबाट काम सुरु भएको आयोजना अहिले अलपत्र अवस्थामा छ ।

गत बर्ष जिल्लामा रहेका सरोकारवाला निकायहरुको संयुक्त अनुगमन गर्दा साइकल लेनको गुणस्तरहीन स्थानको काम भत्काइएको थियो । काम प्रभावित हुँदा पर्यटकहरुलाई समेत असर परेको छाँयानाथ रारा नगरपालिका–९ नम्बरका वडाध्यक्ष बिर्ख बहादुर रोकायाले बताए ।

आयोजना सम्पन्न गर्नका लागि सदनदेखि मन्त्रालयसम्म धेरै पटक छलफल भएको र अब सरोकारवालाहरुसँग छलफल गरेर चाँडै निर्माण सम्पन्न गर्न पहल गरिने कर्णाली प्रदेश सरकारका सदस्य तथा मुगु ‘ख’ प्रदेशका संसद मंगल बहादुर शाहीले बताए ।

कम्पनीका तर्फबाट गर्ने धेरै काम सकिएको र बाँकी काम केही प्राविधिक समस्याका कारण रोकिएको निर्माण कम्पनीका प्रतिनिधी खड्क तामाङ्गले बताए ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु