nmb bank

गृहपृष्ठ जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित राष्ट्रियसभा बैठक काठमाडौँ, २३ चैतः सिंहरबारमा सोमबार बसेको सङ्घीय संसद्, राष्ट्रियसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस
काठमाडौं । ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरे ।
त्यसैगरी राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेको सो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । विसं १९९८ असोज ९ गते जन्मिएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भट्टराई २०५६ सालमा राष्ट्रियसभा सदस्य थिए ।
सभामा शोक प्रस्ताव सर्वसम्मतिले पारितपश्चात् उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौन धारण गरियो थियो । राष्ट्रियसभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार १ः१५ मिनेटमा बस्नेछ ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु