global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रौतहटमा सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ लाई प्रवेश निषेध

रौतहटमा सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ लाई प्रवेश निषेध

रौतहटमा सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ लाई प्रवेश निषेध

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहयोग गर्ने बहानामा अवैध रूपमा रकम असुल गर्ने बिचौलियाहरूलाई प्रवेश निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी गरिएको एक सूचनामा, जिल्लास्थित सरकारी कार्यालयहरूको वरिपरि र कार्यालय भित्र प्रवेश गरी सेवाग्राहीहरूलाई ‘सहयोग र सहजीकरण गर्ने’ नाममा गैरकानूनी रूपमा रकम असुल गर्ने कार्य भइरहेको भन्दै यस्तो कदम चालिएको उल्लेख छ ।

सूचनामा भनिएको छः,‘सरकारी कार्यालय वरिपरि तथा कार्यालय भित्र प्रवेश गरी सेवाग्राहीहरूलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कार्यालय वरिपरि तथा कार्यालय प्रवेशमा निषेध गरिएको छ ।’

प्रशासनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू फेला परेमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । सेवाग्राहीलाई ठगीबाट बचाउन र सरकारी कामलाई थप पारदर्शी बनाउन यो निर्णय लिइएको प्रशासनले जनाएको छ ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु