गृहपृष्ठ प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख पदका लागि सोही दलका सांसद डोलप्रसाद अर्यालको नाम प्रस्ताव गरेको छ । प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले समर्थन गरेको छ ।
अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित समय : ११:५८ बजे




















