global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित

आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित

आयुर्वेद चिकित्सक सङ्घका अध्यक्षमा डा गौतम निर्वाचित

काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित भएको छ । उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा सुवर्ण पौडेल हुनुहुन्थ्यो । सङ्घको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु विजयी भएको सङ्घका निवर्तमान अध्यक्ष डा श्यामबाबु यादवले जानकारी दिएए ।

उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकी डा नगेन्द्र लामिछाने, लुम्बिनीमा डा कैलाश न्यौपाने, कर्णालीमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा हिमाल भट्ट निर्वाचित भएको छ ।

प्रकाशित समय : १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु