global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ क्लाइम्बिङ स्पोर्ट्स टोलीको बिदाइ सम्पन्न

क्लाइम्बिङ स्पोर्ट्स टोलीको बिदाइ सम्पन्न

क्लाइम्बिङ स्पोर्ट्स टोलीको बिदाइ सम्पन्न

काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन चीन जाने नेपाली क्लाम्बिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिदाइ गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा श्रेष्ठले खेलाडीहरुलाई उच्च प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ गरे । दुवै प्रतियोगितामा नेपालबाट पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म हुनेछ । यस प्रतियोगितामा नेपालले बाउल्डर र लिड स्पर्धामा खेल्ने छ ।

जापानमा हुने २०औं एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नु पर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष माडेनले जानकारी दिए । त्यस्तै विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुनेछ ।

 

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु