global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मानव अधिकार हनन हुन नदिन माग

मानव अधिकार हनन हुन नदिन माग

मानव अधिकार हनन हुन नदिन माग

विराटनगर । मानव अधिकार रक्षकहरुले राज्यलाई कानुन र नीतिनिर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्न माग गरेका छन्

दलित महिला सङ्घ (फेडो) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विभेदका घटनाहरु रहेसम्म मानवअधिकार हननका घटना हुने बताए ।

सो अवसरमा इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन ।

फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताए । कार्यक्रममा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बास्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।

फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत गरेको कार्यक्रममा सञ्जालका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु