global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चिकित्सा शिक्षा ऐन पालना गर्न सरकारलाई डा. केसीको आग्रह

चिकित्सा शिक्षा ऐन पालना गर्न सरकारलाई डा. केसीको आग्रह

चिकित्सा शिक्षा ऐन पालना गर्न सरकारलाई डा. केसीको आग्रह

प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्। उनले हालै चिकित्सा शिक्षा आयोगले एमबीबीएस भर्नासम्बन्धी गरेको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै कानुनी व्यवस्था विपरीत कुनै पनि निर्णय नगर्न चेतावनी दिएका हुन्।

डा.केसीले योग्यता क्रमसूचीका आधारमा मात्र भर्ना हुनुपर्ने प्रावधान उल्लङ्घन नगर्न सरकारलाई आग्रह गर्दै, विधिको शासन कायम राख्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले ऐनको मर्मअनुसार काम गर्न असमर्थ पदाधिकारीलाई हटाई सक्षम व्यक्तिलाई अवसर दिनुपर्ने बताएका छन्।

उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका लागि आफू लामो समयदेखि संघर्षरत रहेको उल्लेख गर्दै आवश्यक परे सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु