global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

२०८२ चैत १९ गते दिउँसो साढे २ बजेतिर पोखरा महानगरपालिका वडा नं. १६ स्थित जोगीमणीमा अपरिचित व्यक्तिहरूले विदेशी पर्यटकमाथि आक्रमण गरी लुटपाट गरेर फरार भएका थिए। घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको विशेष टोलीले अपराधीहरूको खोजी तीव्र पारेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा शनिबार दिउँसो १२ बजेतिर पोखरा–५ प्रस्याङबाट लुटपाटमा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेहरूमा पोखरा–२३ पामे बस्ने २१ वर्षीय रोशन सुनार, धादिङ घर भई हाल फिर्के बस्ने १८ वर्षीय आरुस तामाङ, अन्नपूर्ण गाउँपालिका–१० घर भई हाल प्रस्याङ बस्ने १८ वर्षीय अनिष परियार र पोखरा–२१ घर भई हाल प्रस्याङमै बस्ने १८ वर्षीय अर्पन सुनार रहेका छन्।

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु