global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा

सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा

सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा

काठमाडौँ । सैयारा फेम अभिनेता अहान पाण्डेको नयाँ फिल्मको घोषणा भएको छ ।

चर्चित निर्देशक अली अब्बास जफरको नयाँ फिल्ममा आहानको प्रमुख भूमिका हुने भएको हो । एक्सन फिल्म बनाउने पहिचान बनाएका जफरले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । सार्वजनिक झलकसँगै यो फिल्मलाई आउँदै गरेको बहुप्रतीक्षित परियोजनामध्ये एकका रूपमा हेरिएको छ ।

पहिलो फिल्म ‘सैयारा’ सुपरहिट भएपछि अहानलाई बलिवुडमा नयाँ सुपरस्टारको रुपमा हेरिएको छ । नयाँ झलकमा उनी गम्भीर र रहस्यमय शैलीमा प्रस्तुत भएका छन् । धमिलो पृष्ठभूमि र तेज नजरले उनको चरित्रमा मनोवैज्ञानिक गहिराइ झल्काएको छ ।

झलकमा प्रयोग गरिएको मधुरो प्रकाश र न्यानो रंगले कथा भावनात्मक द्वन्द्व र उच्च जोखिमपूर्ण अवस्थातर्फ केन्द्रित हुने संकेत गर्छ । प्रेम र द्वन्द्वलाई सँगसँगै अगाडि बढाउने शैली निर्देशक जफरको पहिचान रहँदै आएको छ, जसले अहानलाई आफ्नो अभिनय दायरा विस्तार गर्ने अवसर दिन सक्ने देखिन्छ ।

‘सैयारा’ प्रेमकथामा आधारित भए पनि नयाँ चलचित्रमा प्रेमसँगै पर्याप्त द्वन्द्व र गतिशील दृश्यहरू रहने जनाइएको छ । जफरको पछिल्लो चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ ले अपेक्षाअनुसार सफलता नपाएपछि यो परियोजना उनको लागि पनि महत्वपूर्ण मानिएको छ ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु