global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर्राष्ट्रिय श्रमिक दिवसः ट्रेड युनियन अधिकारबारे विमर्श

अन्तर्राष्ट्रिय श्रमिक दिवसः ट्रेड युनियन अधिकारबारे विमर्श

अन्तर्राष्ट्रिय श्रमिक दिवसः ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौँ। पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड युनियन अधिकार र सुरक्षा’ विषयमा छलफल गरेर सरोकारका विषय सार्वजनिक गरेको छ ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले लोकतान्त्रिक शासन पद्धति अँगालेका मुलुकका मान्यता, नेपाल अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को पक्ष राष्ट्र भएको र नेपालको संविधानका व्यवस्थाका आधारमा ट्रेड युनियन अधिकार कायम हुनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वकेन्द्रीय सदस्य बाबुराम थापाले ट्रेड युनियन अधिकारलाई स्थापित गरेर जाँदा नै सरकारका कामलाई प्रभावकारी बनाउन सहज हुने धारणा व्यक्त गरे ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी न्यौपानेले आफूहरू विद्यमान कानुनी व्यवस्थाअन्तर्गत नै सञ्चालित भएकाले ट्रेड युनियन खारेज गर्न नहुने बताए । महासङ्घका उपाध्यक्ष सुशीला श्रेष्ठले ट्रेड युनियन अधिकार रक्षाका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए। रासस

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु