गृहपृष्ठ बुटवलमा माइक्राे बस र ई–रिक्सा ठोक्किँदा एक जनाको मृत्यु
बुटवलमा माइक्राे बस र ई–रिक्सा ठोक्किँदा एक जनाको मृत्यु
रुपन्देहीकाे बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीमा ईभी माइक्राे बस र ई–रिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी ई–रिक्सा चालक अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका अन्दाजी ३२ वर्षीय गोविन्द विकको मृत्यु भएको हाे ।
मंगलबार दिउँसो बुटवल–९ इँटाभट्टीस्थित भित्रि सडकमा तिनकुनेबाट बसपार्कतर्फ आउँदै गरेको बा.प्र.०३००१ ज १२२९ नम्बरको ईभी माइक्राे बस र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ४४३४ नम्बरको ई–रिक्सा आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।
प्रकाशित समय : १७:४१ बजे




















