गृहपृष्ठ राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सचिव पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सचिव पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कम्पनीको सातौं तहमा कार्यरत पोख्रेलविरुद्ध झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्रसम्बन्धी मुद्दा मंगलबार विशेष अदालतमा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको कम्पनी सचिवको योग्यता कानून विषयमा स्नातक गरेको हुनुपर्नेमा झुट्टा तथा जाली कागजात पेश गरी नियुक्ति लिएको पाइएपछि मुद्दा दायर गरिएको हो ।
उक्त पदमा बहाल रही उनले १ करोड ७ लाख १ हजार ५८४ रुपैयाँ बराबरको लाभ, सुविधा लिएको अभियोगपत्रमा उल्लेख छ ।
प्रकाशित समय : १७:३६ बजे




















