global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित

याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित

याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवबाट यहाँका किसान उत्साहित भएका छन् ।

चौँरीगाईपालन व्यवसायलाई प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट चौँरीको चीज, दूध, दही, छुर्पीलगायतका परिकार बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्न र उच्च हिमाली भेगमा आधारित पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने लक्ष्यसहित यही वैशाख १३ देखि १५ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो । आमाछोदिङ्मो–३ गतलाङस्थित वाङ्चो माने र यार्चामाने वन उपभोक्ता समितिअन्तर्गतको जङ्गललाई चरिचराउ क्षेत्रका रुपमा विकास गर्न समेत महोत्सवबाट मद्दत पुग्ने छ ।

गतलाङ क्षेत्रमा चौँरीसँगै भेडाबाख्रापालनसमेत हुने भएकाले भेडाको ऊनबाट उत्पादन हुने राडी, पाखी, गलैँचा, स्विटर, पटुका तथा टोपीजस्ता सामग्रीको बजारीकरणबारे महोत्सवमा जानकारी गराइएको गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष सुरेन्द्र तामाङले बताए ।

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु