global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सोपान फर्माको आईपीओ बाँडफाँट

सोपान फर्माको आईपीओ बाँडफाँट

सोपान फर्माको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले उक्त आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई ४ लाख २९ हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ८२ हजार ९५१ जनाले आवेदन दिएका छन् ।

आईपीओमा ४२ हजार ९०० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.८५ रुपैयाँ तथा प्रतिसेयर आम्दानी ०.७० रुपैयाँ छ ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु