global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् ।मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी हुन् ।

उनले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित रूपमा अनुगमन गरिने बताइन् । कुन महाशाखामा कुन काम कुन चरणमा छ भन्ने स्पष्ट जानकारी राखिनेछ भने अन्य मन्त्रालयबाट आएका पत्रहरूको फछ्यौट प्रक्रिया तत्काल सुरु भएको छ वा छैन भन्ने पनि सुनिश्चित गरिने उनले बताइन् ।त्यस्तै, अपूर्ण कागजात वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिरका विषयहरू प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रिया पनि छिटो बनाइनेछ मन्त्री गौतमले बताइन् ।

मन्त्रालयका विभिन्न शाखा तथा महाशाखाबाट हुने काम तोकिएको समयसीमाभित्र सम्पन्न नभए त्यसका कारणहरूबारे नियमित रूपमा जानकारी संकलन र समीक्षा गरिने उनले बताइन् ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु