काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कार्यस्थलमा अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयन गर्न सरकारको आग्रह

3.51K
shares

काठमाडौँ । सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तरसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक विज्ञप्ति जारी गरी कार्यस्थलको लागि अधिकतम तापको स्तर (मापदण्ड), २०८२ कार्यान्वयन गर्न आग्रह गरेको हो ।

“मापदण्डको प्रभावकारी कार्यान्वयन गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले मर्यादित र सुरक्षित तुल्याउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता तथा श्रमिक र सरोकार भएका सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

विभागले स्वीकृत मापदण्डअनुसार नभएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । सरोकार भएकाहरूको जानकारीका लागि उक्त मापदण्ड विभागको वेबसाइटमा समेत उपलब्ध रहेको विभागले जनाएको छ ।