global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

जेनजी मुभमेन्ट नेपालले मंगलबार (आज) जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ ।

‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर राख्नु स्वीकार्य हुन सक्दैन,’ वक्तव्यमा उल्लेख गरिएको छ ।

आन्दोलनले सरकारमाथि राज्यसत्ताको दुरुपयोग भएको गम्भीर आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्ने जनअधिकारबाट नागरिकलाई वञ्चित गरिएको दाबी गरेको छ ।

जेनजी मुभमेन्ट नेपालले सरकारलाई यही १३ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्न अल्टिमेटम समेत दिएको छ । उक्त समयसीमाभित्र माग पूरा नभए शीतल निवास घेराउसहित सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

वक्तव्यमा आन्दोलनका क्रममा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ । आन्दोलनले लोकतान्त्रिक मूल्य–मान्यता र जनअधिकारको रक्षा गर्न निरन्तर प्रतिबद्ध रहने बताउँदै आवश्यक परे थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु