global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमा हुने (भिडियो सहित)

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमा हुने (भिडियो सहित)

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र २० देखि ललितपुरमा हुने (भिडियो सहित)

काठमाडौं । महिला उद्यमशीलता प्रवद्र्धन तथा सशक्तिकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा मेला सञ्चालन गरिने जानकारी दिएको हो ।

यस वर्षको मेलाले देशभरका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।

महासंघका अनुसार मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूका उत्पादन तथा सेवाको प्रदर्शन, प्रवद्र्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु हो ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्ने, नेटवर्किङ तथा व्यापारिक सहकार्य बढाउने र ज्ञान–सीप आदानप्रदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

महिला उद्यमशीलता, आर्थिक सशक्तिकरण र दीगो व्यापारिक अवसर सिर्जनामा योगदान पु-याउने उद्देश्यसहित आयोजना हुन लागेको उक्त मेलामा नेपालका विभिन्न जिल्लाका महिला उद्यमीका साथै अन्तर्राष्ट्रिय सहभागिता पनि रहने अपेक्षा गरिएको छ ।

महासंघले २३ वर्षदेखि नेपालभर महिला उद्यमशीलताको विकास, प्रवद्र्धन र सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

हाल ७७ वटै जिल्लामा महिला उद्यमी संघ विस्तार गर्दै ६,००० भन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको र करिब एक लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही रहेको जनाएको छ ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु