काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादनको बैठक सुरु

2.73K
shares

समानुपातिकतर्फ बन्ने सांसदको सूची टुंग्याउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकले पार्टीले जितेका २० समानुपातिक सांसदको नाम क्लस्टर अनुसार टुंग्याउने छ ।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको थियो । यसपटक रास्वपा पहिलो हुँदा कांग्रेस ३८ सिटसहित दोस्रो पार्टी भएको छ ।

प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कांग्रेसले ३८ सिट जितेको छ । निर्वाचनमा पराजय बेहारेका सभापति गगन थापा बैठकको लागि सानेपामा पुगेका थिए । उनकै सभापतित्वमा बैठक सुरु भएको हो ।