काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

2.31K
shares

नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ।

डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ। अब एमएडब्लु वृद्धिको एक्टेन्डेड वारेन्टी कार्यक्रम मार्फत ग्राहकहरूले ब्याट्री र मोटरमा कुल ११ वर्ष वा २,५०,००० किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी कभरेज प्राप्त गर्नेछन्। यसले ईभी स्वामित्वलाई अझ बढी ढुक्क र चिन्तामुक्त बनाउनेछ। यो एक्टेन्डेड वारेन्टीले नेपालमा भरपर्दो र ग्राहक-केन्द्रित ईभी इकोसिस्टम निर्माण गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

“हाम्रो हरेक कार्यको केन्द्रमा ग्राहकहरू हुनुहुन्छ,” एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “यो एक्टेन्डेड वारेन्टी नामीका ग्राहकहरूका लागि थप मानसिक शान्ति, स्वामित्वको आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो।”

डोङफेङ मोटर कर्पोरेशन चीनको प्रतिष्ठित “बिग फोर” सरकारी स्वामित्वका अटोमोबाइल निर्माताहरू मध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यस कम्पनीसँग पाँच दशकभन्दा बढीको उद्योग अनुभव छ। ‘गुणस्तर, बौद्धिकता र सद्भाव’को मुख्य मूल्यहरूद्वारा निर्देशित डोङफेङले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।