सुनसरी–१ मा हर्कराज राईले लिए अग्रता
वि.सं.२०८२ फागुन २३ शनिवार ०६:१६
shares

धरान । सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।
श्रम संस्कृति पार्टीका हर्कराज राईले तीन हजार ३२५ मत प्राप्त गरेको छ । रास्वपाका तामाङले भने तीन हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिए । यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको छ ।

























