काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता

1.93K
shares

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । सुरुवाती चरणदेखि अग्रस्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरमान चौधरीलाई उछिन्दै रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका हुन ।

सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका-२, ३, ५, ७ र ९ को मतगणना सम्पन्न भएको छ । कुल नौ हजार ९९० मतगणना हुँदा रास्वपाका जोशीले दुई हजार ६५२ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन । यसअघि वडा नं २, ३ र ९ को मतगणना सम्पन्न हुँदा नेकपाका उम्मेदवारको अग्रता थियो ।

त्यसैगरी नेकपाका उम्मेदवार चौधरीले दुई हजार ४०८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार विक्रम चौधरीले एक हजार ५५२, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले एक हजार ३१७, नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीले एक हजार ११० र राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ३७३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत जोशीले जानकारी दिए ।

उनका अनुसार हालसम्म ५०७ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा कुल एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।