काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देहीमा ६५ प्रतिशत मतदान, मतपेटिका सङ्कलन गरिँदै

2.35K
shares

रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार जिल्लाका सबै क्षेत्रबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार उत्साहजनक सहभागिता देखिएको छ ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान रुपन्देही क्षेत्र नं ३ मा भएको छ । क्षेत्र नं १ मा कूल एक लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६।३२ प्रतिशत अर्थात् ६६ हजार ३७७ मत खसेको छ । क्षेत्र नं २ मा कुल एक लाख ३५ हजार ५० मतदाता रहेकामा ६४।०७ प्रतिशत अर्थात् ८६ हजार ५३० मत खसेको छ ।

क्षेत्र नं ३ मा कुल एक लाख ४० हजार ३५ मतदाता रहेकामा सबैभन्दा बढी ६७.८२ प्रतिशत अर्थात् ९५ हजार १३ मत खसेको छ । क्षेत्र नं ४ मा कुल एक लाख १६ हजार १७२ मतदातामध्ये ६६.६१ प्रतिशत अर्थात् ७७ हजार ३९३ मत खसेको छ । क्षेत्र नं ५ मा कूल एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ६०.२७ प्रतिशत अर्थात् ८१ हजार ३५ मत खसेको छ ।

अहिले जिल्लाका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन जारी छ । ग्रामीण तथा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याउनेक्रम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।

“सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भइसकेपछि आजै राति वा भोलि बिहानसम्म सर्वदलीय बैठक आह्वान गरिनेछ”, बस्नेतले भने, “उक्त बैठकको निर्णय र सहमतिअनुसार मतगणना सुरु हुने समय सार्वजनिक गरिनेछ ।”

सुरक्षा व्यवस्था कडा पारिएको र मतगणनास्थलमा आवश्यक तयारी पूरा भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।