गृहपृष्ठ बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान
बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान
ढोरपाटन । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेको छ ।
आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेको हो । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुनुहुन्छ ।
उनले भने, “चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन ।”
प्रकाशित समय : १६:३८ बजे



















