गृहपृष्ठ महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’
महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’
बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो ।
आज भने उनले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किइन । “पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उनले भनिन, “यो हाम्रो लागि उत्सव हो । हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु हुँदैन ।”
सीता जस्तै मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । उनिहरूले पहिला भोट अनि अरू काम गर्ने भन्ने धारणाका साथ भोट हाल्न आएको बताइन ।
पोखराकी अनिता मानन्धरले मतदान गर्नकै लागि माइत बानेश्वर आएको बताइन । विगतमा भन्दा यस पटकको निर्वाचन उनका लागि विशेष चासो रहेको बताइन । “त्यसैले पोखराबाट यहाँ आएँ,” उनले भनिन, “जेनजी प्रदर्शनपछिको रानजीतिक मुहार जो परिवर्तन गर्नुछ ।”
रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा पर्यवेक्षकका रूपमा खटिएका हरिओम महेताले यस बुथमा बिहान ७ः०५ बजे ९३ वर्षीया कौशिला तिमल्सिनाले ‘ख’ केन्द्रमा मतदान गरेसँगै मतदान प्रक्रिया सुरु भएको जानकारी दिइन । मत खसालेपछि फर्किने क्रममा उनलाई असहज भएपछि सुरक्षाका लागि राखिएको डोरी काटेर सजिलो बनाइएको उनले बताइन ।
प्रकाशित समय : १५:०८ बजे



















