global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुरमा मोटरसाइकल दुर्घटना : युवकको मृत्यु, दुईजना घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना : युवकको मृत्यु, दुईजना घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना : युवकको मृत्यु, दुईजना घाइते

उदयपुर । मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, भिमामा बिहीबार (फागुन २१) मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र.०१–०५–००२ प १८२७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । मोटरसाइकल सडकको उत्तरतर्फ रहेको एक रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक चौदण्डीगढी–५, सिवाईका १८ वर्षीय समीर चौधरी गम्भीर घाइते भएका थिए । अस्पताल पुर्‍याउनासाथ सिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु