सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दावी
वि.सं.२०८२ फागुन १८ सोमवार १०:३६
shares

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिएकी छन । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उनि अगाडि देखिएकी हुन ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर जीत हासिल गरेकी थिइन । उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेकी थिइन । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी भएकी थिइन । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरेकी थिइन । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जित्ने महिला छन।
चौधरीले प्रत्यक्षतर्फ ४० हजार ७ सय ८८ मत ल्याउँदा समानुपातिक तर्फ नेकपा एमालेले ३३ हजार ९ सय २ मत प्राप्त गरेको थियो । यो तथ्याँकले देखाँउछ सुनसरी–३ भगबती चौधरीको व्यक्तिगत प्रभाव बलियो रहेको क्षेत्र हो ।
“११ हजार मतान्तरले जित्छौँ”— कमाण्डर बस्नेत
नेकपा एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमाण्डर लिलम बस्नेतले यस पटक ११ हजार मतान्तरले जीत हासिल गर्ने दाबी गरेका छन । अघिल्लो निर्वाचनमा ५ हजार १ सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उनले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दावी गरे । एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको दाबी छ ।
विकासप्रेमी छवि र प्रतिबद्धता
भगबती चौधरीले फरवार्ड लघुबित्त मार्फत ५० हजार बढी महिलालाई स्वरोजगार बनाएकी छन । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएकी चौधरीले ५ अब हजार जना लाई रोजगार बनाउने प्रतिबद्धता जनाएकी छन । दातृ संस्थाको सहयोगमा सुनसरी–३ का विपन्न, दलित तथा एकल महिलालाई २ सय ७५ घर निर्माण गरिदिएको र आगामी दुई वर्षभित्र थप ४ सय घर निर्माण गर्ने उनको प्रतिबद्धता छ । सांसद भएको तीन वर्षको अवधिमा सुनसरी ३ मा मात्रै १ अर्ब २१ करोड रुपैयाँ बराबरका विकास योजना ल्याएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर दिन मतदातासँग चौधरीले अपिल गर्नु भएको छ । ‘०७९ सालमा ५ वर्षका लागि निर्वाचित भएको गएको थिए, ५ वर्ष पुरा कार्यकाल काम गर्न पाएको भए त्यस बेलाका धेरै प्रतिबद्धताहरू पुरा हुने थिए । अब पुनः जितेर गएर ती प्रतिबद्धताहरू पुरा गर्छु । कामको पूर्णताको लागि पनि मेरो उम्मेदवारी हो ।’ चौधरीले भनिन ।
चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन । संसदमा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उनले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गरिन ।
मतदाता संरचना र क्षेत्रगत अवस्था
सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् ।
कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूह अनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।

























