गृहपृष्ठ सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो
आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदीको मोल १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल पाँच हजार ७२५ निर्धारण भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:१२ बजे



















