global ime bank Long Banner Ad

गृहपृष्ठ पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

४४ औं मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै बिदा दिएका हुन् ।

जिल्लाका मथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रम्भा रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका रामपुर र तानसेन नगरपालिकाले आज एक दिन बिदा दिएका छन् ।

ती पालिकाहरुले पालिकाका कार्यालय र मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघसंस्थामा अत्यावश्यक बाहेक सेवा बन्द रहने जानकारी दिएका छन् ।

 

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु