nmb bank

गृहपृष्ठ समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुरु

समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुरु

समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुरु

प्रधानमन्त्री सुशीला कार्कीले समाज कल्याण परिषद्ले दिने डिजिटलाइजेसन सेवा शुभारम्भ गरेकी छन । मंगलबार ललितपुरको पुल्चोकमा परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रमुख आतित्थ्यता जनाउँदै प्रधानमन्त्री कार्कीले सो सेवा सुरू गरेकी हुन ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले ipact.swc.org.np वेबसाइटको रिमोट अन गरेर शुभारम्भ गरिन। सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले विकास सहायता परिचालनको एक महत्त्वपूर्ण क्षेत्र सामाजिक सेवा भएको बताइन ।

‘हाम्रोजस्तो विकासोन्मुख देशका लागि सामाजिक सेवा र विकास सहायता समृद्धिको महत्त्वपूर्ण आधारस्तम्भ हुन्,’ उनको भनाइ छ । उनले गैरसरकारी संघ-संस्थाहरूले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास र वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरिन ।

‘विशेष गरी विपद्का समयमा राहत, उद्धार र पुनर्स्थापनामा खेलेको भूमिका प्रशंसनीय छ,’ उनले भनिन । राज्यले गैरसरकारी संघ-संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । डिजिटल प्रणालीले नेपालमा आउने परियोजनाका फाइलहरूलाई प्रविधिमैत्री बनाउन र कागजी झन्झटमुक्त गराउन कोसेढुङ्गा सावित हुनेछ।

प्रकाशित समय : १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु