काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

2.92K
shares

काठमाडौं । जाउलाखेल स्थित प्रहरी परिसर ललितपुरले आफ्नो जाहेरी नलिएर पीडकलाई साथ दिएको पीडितको गुनासो छ । बिहीबार राजधानीमा पीडित जमुना खत्रीले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले झुलाइरहेको भन्दै पीडा व्यक्त गरेकी छन् ।

कालिकोट शुभकालिका गाउँपालिका ६ कि जमुना खत्रीले आफूलाई मुगु जिल्ला नेकपा (एमाले)का नेता कर्ण बहादुर मल्लले जबरजस्ति यौन शोषण गरेको बताउँदै बच्चासम्म फाल्न लगाएको जनाएकी छन् ।

सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् ।

आफूले जमुना जस्तै लामो समयदेखि त्यस्तै पीडा भोगेको र न्यायका लागि अड्डा अदालत धाउँदा पनि सत्ता र शक्तिको बलमा न्याय पाउन नसकेको जनाइन् । ‘अहिले सरकार प्रमुख महिला हुनुहुन्छ, परिवर्तनपछि आइजिपी दानबहादुर कार्की दाई हुनुहुन्छ, कम्तिमा तपाईहरुले हाम्रो आवाज सुनिदिनुपर्छ’ पाठक ले भनिन् । ‘केपी ओलीको एमाले पार्टीका नेताहरुबाट हामी महिला कहिलेसम्म शोषणमा पर्ने’ पाठकले प्रश्न गरिन् ।

त्यसैगरी अर्की पीडित बझाङकी रस्मिला धामीले जमुना खत्रीको जाहेरी प्रहरीले लिएर अनुसन्धान गर्न माग गरिन् ।
धामीले आफू पनि एमालेका अर्का नेताबाट पीडित भएको र उनलाई अदालतबाट पक्रेर अनुसन्धान गर्न आदेश हुँदा पनि बझाङबाटै उम्मेदवार बनाइनुले एमालेमाथि प्रश्न उठेको बताइन् ।