काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होटल फरेष्ट इनको आईपीओमा २३ लाख ३० हजारको आवेदन

1.64K
shares

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आज २६ गतेसम्म सर्वसाधारणका निष्काशन गरेको आईपीओमा २३ लाख ३० हजार ८६ जनाको आवेदन परेको छ ।

आज अन्तिम दिन अन्तिम समयसम्म २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपियाँ बराबरको २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब रुपियाँको २० प्रतिशत हिस्सा बराबर हुने ४० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको कुल मूल्य ४० करोड रुपियाँ हुन्छ । सोमध्ये ४ लाख कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि, दुई लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याई वितरण गरिसकिएको छ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसको कुल मूल्य ३३ करोड २० लाख रुपियाँ बराबर हुन्छ ।

उक्त शेयर ३ लाख ३२ हजार जनाले १०–१० कित्ताका दरले पाउने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।