nmb bank

गृहपृष्ठ जनकपुरधाम उपमहानगरपालिकाद्वारा घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाद्वारा घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाद्वारा घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण सुरु
जनकपुरधाम उपमहानगरपालिकाले घर तथा भवन नक्सासम्बन्धी अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ । उपमहानगरपालिका कार्यालयले नक्सा स्वीकृत नगरी निर्माण गरिएका तथा स्वीकृत नक्सामा हेरफेर गरी बनाइएका घर तथा भवनको अभिलेखीकरण प्रक्रिया सुरु गरेको जनाएको छ ।
गत असार ३० गते सम्पन्न १३ औँ नगरसभाको निर्णयअनुसार आइतबारदेखि वैशाख २५ गतेसम्म तीन महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिई प्रक्रियामा आउन आग्रह गरिएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए ।
उपमहानगरपालिकाभित्र प्रचलित कानुनबमोजिम नक्सा पास नगरी बनाइएका वा स्वीकृत नक्सामा परिवर्तन गरी निर्माण गरिएका संरचनालाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको र उक्त अवधिभित्र निवेदन दिने भवनधनीको हकमा कुनै कारबाही नहुने उनले बताए ।
अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपुर्जा, घरजग्गा कर तिरेको रसिद, नागरिकता, नापी नक्सा, इन्जिनियरको प्रमाणपत्र, घरको तस्बिर, फुटप्रिन्टलगायत कागजात अनिवार्य रूपमा पेस गर्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ । साथै बाटो प्रष्ट नभएको अवस्थामा वडा कार्यालयको सिफारिससमेत आवश्यक पर्ने भनिएको छ ।
यसैगरी संस्थागत भवनका लागि उद्योग तथा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, संस्थाको निर्णयलगायत थप कागजातसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
“नक्सा पास गरेर होस् वा नगरेर बनाइएका घर तथा भवनको अभिलेखीकरण गर्छौं । तोकिएको समयमा प्रक्रियामा आएकालाई कुनै कारबाही नगरी नियमानुसार नियमित गर्छौं, तर समयसीमा नाघेर आएका निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइने छैन । यससम्बन्धी काम भू–उपयोग तथा भवन निर्माण इजाजत शाखामार्फत भइरहेको छ”, नगरप्रमुख साहले भने ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु