global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो ।

आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो ।

नवनियुक्त सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए । यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन् ।

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु