गृहपृष्ठ कविराज नेगीले पाए विश्व तेक्वान्दोबाट बेस्ट कोच अफ द ईयरको अवार्ड
कविराज नेगीले पाए विश्व तेक्वान्दोबाट बेस्ट कोच अफ द ईयरको अवार्ड
कविराज नेगी विश्व तेक्वान्दो महासंघ (डब्लुटी) को कोच अफ द ईयर २०२५ को अवार्ड जितेका छन् । सोमबार विश्व तेक्वान्दो (डब्लु टी)ले नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षक लामालाई संयुक्त अरब इमिरेट्समा भएको वल्र्ड तेक्वान्दो गाला अवार्ड २०२५ अन्तर्गत पारा तेक्वान्दो कोच अफ द ईयर २०२५ अवार्ड दिएको हो। यो अवार्ड पाउने नेपालको तेक्वान्दो खेलको इतिहासमा पहिलो पटक कविराज नेगी लामाले हात पाएको छ ।
नेपालमा पारा तेक्वान्दो खेलको विकास, विस्तारमा पुर्याएको योगदान र उपलब्धिहरुलाई मूल्याङ्कन गरी लामालाई वल्र्ड तेक्वान्दो टेक्निकल कम्मिसनले कोच अफ द ईयर २०२५ मा छनौट गरी सिफारिस गरेको थियो । सोही आधारमा नेगीलाई विश्व तेक्वान्दो (डब्लुटी)का अध्यक्ष डा. चाउ चुङ–वनले तेक्वान्दो खेलको सबैभन्दा ठूलो तथा प्रतिष्ठित पारा तेक्वान्दो कोच अफ द ईयर अवार्ड दिएको हो ।
विश्व तेक्वान्दो (डब्लु टी)ले प्रत्येक वर्ष वल्र्ड तेक्वान्दो गाला अवार्ड आयोजना गर्दै आइरहेको छ भने गाला अवार्डमा ओलम्पिक तथा पाराओलम्पिकका वर्षका उत्कृष्ट पुरुष/महिला खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको उत्कृष्ट रेफ्री र वर्षको उत्कृष्ट सदस्य राष्ट्रिय संघलाई अवार्ड प्रदान गरिएको छ । विश्व तेक्वान्दो महासंघ (डब्लु टी)मा आवद्ध नेपाल तेक्वान्दो संघ सहित २१३ राष्ट्रहरु रहेका छन् ।
नेगीले नेपाल तेक्वान्दो संघमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षकमा रहि नेपालको लागि अन्तर्राष्ट्रिय अफिसियल १३ पदक जितको छ । जसमा एशियन गेम्सदेखि पाराओलम्पिक सम्म र एशियल च्याम्पियनशिप देखि वल्र्ड च्याम्पियनशिप सम्मको पदकहरु ३ स्वर्ण, २ रजत र ८ कास्य पदक छन् ।
नेगी कै प्रशिक्षणमा पलेशा गोर्वधनले पेरिस २०२४ पाराओलम्पिक गेम्स तथा हाङ्जाऊ एशियन पारा गेम्स २०२२मा एतिहासिक कास्य पदक प्राप्त गरेको छ भने सिर्जना घिसिङ्गले २०२२ वल्र्ड ग्राण्ड प्रिक्स फाईनल (जि १०)मा एतिहासिक स्वर्ण पदक जितेको थियो ।
नेगी हालै पोखरामा सम्पन्न भएको एनएसजेएफ पल्र्सर स्पोर्टस अवार्ड २०८१ मा कोच अफ द ईयर अवार्ड पाएका थिए भने नेपाल ओम्पिक कमिटिबाट २०२२ एन.ओ.सी वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड तथा राष्ट्रिय खेलकुद परिषद्बाट २०२४ पारा तेक्वान्दो उत्कृष्ट प्रशिक्षक अवार्ड र नेपाल तेक्वान्दो संघबाट २०२४ उत्कृष्ट प्रशिक्षक अवार्ड, र बागमती प्रदेश खेलकुद अवार्ड २०८२ मा उत्कृष्ट प्रशिक्षक अवार्ड समेत हासिल गरिसकेको छन् ।
प्रकाशित समय : १०:३८ बजे





















