गृहपृष्ठ ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति
ग्यासको अभाव नरहेको निगमको स्पष्टोक्ति
नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो ।
इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ लाख ३०४ मेट्रिक टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जनाएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २६४ र डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन ग्यास आयात भएको थियो ।
सो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्यास भएको निगमले जनाएको छ । हाल केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनले जानकारी दिए । आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत निगमले स्पष्ट पारेको छ ।
प्रकाशित समय : १८:४७ बजे




















