गृहपृष्ठ खल्ती वालेटमा एआई फिचर आउँदै
खल्ती वालेटमा एआई फिचर आउँदै
डिजिटल वालेट खल्तीले आफ्नो प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि भित्र्याउने भएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत एक टिजर पोस्ट गर्दै कम्पनीले प्रयोगकर्ताका लागि एआईमा आधारित नयाँ फिचर चाँडै ल्याउन लागेको संकेत गरेको हो ।
खल्तीले भविष्यको प्रविधि अब प्रयोगकर्ताको ‘कमान्ड’ को प्रतीक्षामा रहेको उल्लेख गर्दै डिजिटल भुक्तानीको क्षेत्रमा एआईमार्फत नयाँ प्रयोग गर्न लागिएको जनाएको छ । “हामीले एआईको शक्तिलाई तपाईँको औँलाको टुप्पोमा यस्तो तरिकाले ल्याउँदैछौँ, जुन तपाईँले पहिले कहिल्यै देख्नुभएको छैन,” कम्पनीले आफ्नो पोस्टमा लेखेको छ ।
प्रकाशित समय : २०:५० बजे




















