गृहपृष्ठ साफ यु–१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो जित
साफ यु–१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो जित
नेपालले साफ यु–१९ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध २–१ को कठिन जित हासिल गर्दै फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।
सोमबार पोखरा रंगशालामा नेपाललाई जित दिलाउन सिर्जना बडुवाल र प्रजिता राईले १–१ गोल गरे । भुटानका लागि सोनाम छोडेनले १ गोल फर्काइन् ।
खेलको ३५औं मिनेटमा सिर्जनाको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ७९ औँ मिनेटमा प्रजिताले नेपालको अग्रता दोब्बर बनाइन् ।
जर्धिारित समय सकिन ३ मिनेट बाँकी रहँदा सोनामले गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
पहिलो जितसँगै २ खेलमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित भुटानको भने फाइनल सम्भावना लगभग सकिएको छ ।
पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । भुटानविरुद्ध बंगलादेशले १२–० को एकतर्फी जित निकालेको थियो । सोमबारै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतविरुद्ध २–० को जित निकाल्यो ।
प्रकाशित समय : १८:४० बजे



















