global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मलंगवामा सकियो दादुरा विरुद्धको खोप अभियान

मलंगवामा सकियो दादुरा विरुद्धको खोप अभियान

मलंगवामा सकियो दादुरा विरुद्धको खोप अभियान

सर्लाहीको मलंगवामा १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको छ। १७ गते सम्पन्न भएको अभियानमा ६ महिनादेखि १५ वर्षसम्मका १० हजार ३२ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको हो।

वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा खोप अभियान ६ दिनसम्म सञ्चालन भएको थियो। अभियानमा १३३ प्रतिशत खोप कभरेज भएको मलगंवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।

वडा नं २ मा १ हजार २७६, ३ मा २ हजार ५७३, ४ मा १ हजार २१७, ८ मा १ हजा ५४९, ९ मा ९९५ र १० मा २ हजार ४१३ जना बालबालिकालाई खोप लगाइएको छ। ६ महिनादेखि ५ वर्षसम्मका १ हजार ५ र ५ देखि १५ वर्षसम्मका ७ हजार ७१० जना बालबालिका छन्।

पाँचौ दिनसम्म विद्यालय र मदरसामा सञ्चालन भएको अभियान छैटौँ दिनमा भने घर-घर र गाउँ-गाउँमा गएर खोप लगाइएको साहले बताए।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु