गृहपृष्ठ आयरल्यान्ड टी-२० विश्वकपका लागि छनोट
आयरल्यान्ड टी-२० विश्वकपका लागि छनोट
आयरल्यान्ड आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ।
नेपालमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत सुपर सिक्समा थाइल्यान्डलाई हराउँदै आयरल्यान्ड विश्वकपका लागि छनोट भएको हो। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डलाई ६२ रनले पराजित गरेको छ।
आयरल्यान्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६.१ ओभरमा ५९ रनमा अलआउट भयो। त्यसअघि ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २१ रनको योगफल तयार पारेको थियो।
आयरल्यान्ड सन् २०२३ पछि विश्वकपमा पुगेको हो। योसँगै विश्वकप खेल्ने ११ टोलीको टुङ्गो लागिसकेको छ।
प्रकाशित समय : १३:१० बजे





















