global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्व राजा ज्ञानेन्द्र साहले गरे जानकी मन्दिरमा पूजा पाठ

पूर्व राजा ज्ञानेन्द्र साहले गरे जानकी मन्दिरमा पूजा पाठ

पूर्व राजा ज्ञानेन्द्र साहले गरे जानकी मन्दिरमा पूजा पाठ

जनकपुर । पूर्व राजा ज्ञानेन्द्र साहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोमबार दिउँसो उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन ।

पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा साहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप दिएका थिए । सो क्रममा महन्थ दासले पूर्व राजा साहलाई २०४७ पछिको संविधानलाई हटाउन आग्रह गरे । उनले देशमा राजतन्त्रसहितको हिन्दू राष्ट्रका लागि सम्पूर्ण साधुसन्त अगाडि बढ्न तयार रहेको बताए ।

दर्शन पश्चात सञ्चारकर्मीलाई छोटे प्रतिक्रिया दिँदै पूर्व राजा साहले उनको आगमन धार्मिक मात्र रहेको बताए ।

पूर्व राजा साहलाई हेर्न जनकपुरधामसहित विभिन्न जिल्लाका हजारौं जनता जानकी मन्दिर परिसरमा पुगेका थिए । सो क्रममा उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ को नारा लगाएका थिए ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु