काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

2K
shares

जनकपुर । बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ । पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए । विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन । प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो ।

२०८१ जेठ ४ गते अहिराजले कोठामा कोही नभएको बेलामा पीडितमाथि पटकपटक बलात्कार गरेको आरोप छ । उक्त घटनापछि पनि कसैलाई बताए मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए । बलात्कार आरोपमा अहिराज २०८२ साल साउन ४ गते पक्राउ परेका थिए ।

राजेश अहिराज (राजेश झा) मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी कार्यकर्ता हुन् । उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादकरप्रकाशक थिए र मधेश आन्दोलन तथा मधेशवादमा पीएचडी गरेका छन् । उनी २०७७ फागुन ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए ।