गृहपृष्ठ भारतीय राजदूतावासले मनायो भारतको ७७औं गणतन्त्र दिवस
भारतीय राजदूतावासले मनायो भारतको ७७औं गणतन्त्र दिवस
काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनाएको छ। लैनचौरस्थित दूतावासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। उक्त अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो।
कार्यक्रममा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका थिए। उनीहरूलाई ७ करोड २० लाख बढीको बैंक चेक (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) हस्तान्तरण गरिएको थियो।
प्रकाशित समय : १९:१३ बजे



















