global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल लाईफ इन्स्योरेन्सद्वारा कोशी प्रदेशका अभिकर्तालाई तालिम प्रदान

नेशनल लाईफ इन्स्योरेन्सद्वारा कोशी प्रदेशका अभिकर्तालाई तालिम प्रदान

नेशनल लाईफ इन्स्योरेन्सद्वारा कोशी प्रदेशका अभिकर्तालाई तालिम प्रदान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ ।

प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्ताहरुलाई कम्पनीले ईलामको फिक्कलमा तालिम प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु