काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गायक अर्जुन गहतराजको ‘पराई मान्छे’ बोलको गीतको भिडियो सार्वजनिक

3.23K
shares

काठमाडौं । गायक अर्जुन गहतराजको ‘पराई मान्छे’ बोलको गीतको भिडियो रिलिज भएको छ । सरिता सुनार र अर्जुनको स्वर रहेको ‘पराई मान्छे’ ले प्रेम र वियोगको कथालाई नजिकबाट केलाएको छ ।

गायक स्वयमकै शब्द संगीत रहेको सार्वजनिक गीतको भिडियोमा आफूलाई भन्दा बढी माया गरेको मान्छे टाढिदाको कथालाई भिडियोमा निर्देशक विशाल बरालले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

जसमा मोडलद्धय अर्जुन र आश्मा कँडेल मज्जैले खुलेका छन् । नार्गाजुनमा छायांकन गरिएको भिडियोको कथा पनि गायक स्वयमकै हो । पूर्ण संयोगको संगीत संयोजन रहेको सार्वजनिक गीतको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन मिन रावलले गरेका हुन् । भिडियो अर्जुन गहतराज अफिसियलबाट बजारमा आएको हो ।