काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संयुक्त राष्ट्रसङ्घद्वारा इजरायली कब्जामा रहेको जेरुसेलम स्थित युएनआरडब्लुएको मुख्यालय ध्वस्त पार्ने कार्यको निन्दा

975
shares

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को जेरुसेलमको शेख जराह स्थित भवन इजरायली अधिकारीहरूले कब्जा गरी ध्वस्त पारेकोमा निन्दा गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले इजरायल सरकारलाई युएनआरडब्लुएको विध्वंस तुरुन्तै रोक्न र ढिलाइ नगरी संयुक्त राष्ट्र सङ्घमा फिर्ता गर्न र पुनस्र्थापना गर्न आग्रह गरेको छ ।

गुटेरेसले शेख जराह कम्पाउन्ड संयुक्त राष्ट्रको सम्पत्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हस्तक्षेपबाट सुरक्षित हुनुपर्ने जनाउदै जनवरी–८ मा इजरायली प्रधानमन्त्रीलाई लेखेको पत्रमा यस्तो बताएको जनाइएको छ ।

गुटेरेसले युएनआरडब्लुए विरुद्धकार्यहरुको पूर्ण रूपमा अस्वीकार गर्दै यस्तो कार्य संयुक्त राष्ट्र सङ्घको बडापत्र, संयुक्त राष्ट्रको विशेषाधिकार र उन्मुक्ति सम्बन्धी महासन्धि र अन्तर्राष्ट्रिय कानून विपरीत भएको बताएको छ ।

इजरायली कब्जा बलले मङ्गलबार जेरुसेलममा रहेको युएनआरडब्लुएको मुख्यालयमा छापा मारेको थियो र यसका केही भागहरू ध्वस्त पारेको थियो । रासस