काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अमेरिकी मलमा राखियो ट्रम्पले एपस्टाइनलाई जन्मदिनमा पठाएको सन्देशको १० फिट अग्लो प्रतिकृति

1.14K
shares

वासिङटन डीसी । यौन दूराचारमा दोषी ठहर भएका जेफ्री एपस्टाइनलाई उनको जन्मदिनमा वर्षौं अघि डोनाल्ड ट्रम्पले पठाएका पत्रको सङ्ग्रह सहितको विशाल प्रतिकृति वाशिंगटन डीसीको नेशनल मलमा राखिएको छ । यो काम आफूलाई ‘द सेक्रेट ह्यान्डशेक’ भनेर चिनाउने समूहले गरेको हो ।

१० फिट अग्लो यो प्रतिकृतिको आधा भागमा ट्रम्पले एपस्टाइनलाई पठाएको नोट राखिएको छ । यो २००० को दशकको सुरुमा ट्रम्पले एपस्टाइनलाई उपहार दिएको पत्रहरूको सङ्ग्रहको अंश हो । नोटमा एक नाङ्गो महिलाको रूपरेखा र डोनाल्ड ट्रम्पको हस्ताक्षर छ । यसको पुछारमा ‘जन्मदिनको शुभकामना– र हरेक दिन अर्को अद्भुत रहस्य बनोस्’ भनेर लेखिएको छ ।

अर्कोपट्टी ‘भयानक केटालाई जन्मदिनको शुभकामना १’ लेखिएको छ । एपस्टाइनको जन्मदिन जनवरी २० मा पर्छ । आफूले त्यस्तो कुनै पत्रमा हस्ताक्षर गरेको र एपस्टाइनसँग आफ्नो नजिकको सम्बन्ध रहेको कुरालाई ट्रम्पले अस्वीकार गरेको भन्दै गत वर्षको जुलाईमा वाल स्ट्रीट जर्नलले समाचार छापेको थियो ।

यस समाचारका लागि ट्रम्पले वाल स्ट्रीट जर्नलमाथि मुद्दा दायर गरेका छन् । अरु कसैले सो पत्र लेखेर त्यसमा हस्ताक्षर गरेको हुन सक्ने ट्रम्पको भनाइ छ ।

यौन बेचबिखनको आरोपको मुद्दा खेपिरहँदा २०१९ मा एपस्टाइनको जेलमा मृत्यु भएको थियो । यस मामिलामा ट्रम्पमाथि कानुनी रूपमा गलत काम गरेको आरोप लागेको छैन ।

सेप्टेम्बरमा द हाउस ओभरसाइट कमिटीद्वारा एपस्टाइनको ५० वर्षभन्दा अघिको जीवन, जन्मसम्बद्ध कागजातहरू र कब स्काउट डकुमेन्टदेखि उनका निजी निवासका कलाकृति, जन्मदिनका शुभकामना नोट, फोटो र निजी पलहरू आदि सार्वजनिक गरिएको थियो । एपस्टाइनका थप फाइलहरू जारी गर्न प्रशासनमाथि दबाब आइरहेका बेला नेशनल मलमा यो कटआउट राखिएको हो । एजेन्सी