काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कृषकहरूको आवाज बन्न मेरो उम्मेदवारीः हरि रोका

2.25K
shares
अर्थ विश्लेषक हरि रोकाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले कृषकहरूको आवाज बन्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन । रोकाले भने, “म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन, अहिले पनि म किसान नै हुँ । म कृषकको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरूकै पक्षमा हुनेछ ।”
यहाँ दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा (एमाले) बाट देवविक्रम राई उम्मेदवार बनेका छन ।